Thursday, July 7, 2016
Sunday, March 13, 2016
हुन थाल्यो आमा समुहको बैठक नियमित
सधै आफ्नै काममा ब्यस्त रहने, घरको काम बाहेक अन्य कुरा सोच्न समेत समय नपाउने डोल्पा जस्तो विकट जिल्लावासीहरुको नियति नै हो । तथापी आजभोली यस जिल्लाका रहँ, लावन र सहरतारा गाविसका महिलाहरु कामको चाजोपाजो मिलाई बैठक बस्ने, स्वास्थ्य समस्याहरु माथि छलफल गर्नका लागि महिनाको एक दिन समय निकाल्न थालेका छन् । परिणाम स्वरुप समाजका महिलाहरु आफुमा रहेका स्वास्थ्य समस्याहरु खुलेर बताउने र समाधानको उपायमा पनि छलफल गर्ने गर्दछन ।
विगतमा बैठक भन्ने कुरा थाहा नभएको तर अहिले हुने नियमित बैठक तथा स्वास्थ्य समस्याहरुमा हुने छलफलले गर्दा समस्या पहिचान तथा समाधानमा पनि सहजता बनाएको कुरा शहरतारा २ नं. वडाकी कोला दिदीबहिनि स्वास्थ्य आमा समुहकी अध्यक्ष श्रीमती आइती बुढा को भनाइ रहेको छ ।
घरको कामको कारण आफ्नो स्वास्थ्यको विषयमा जानकारी लिन नपाएका यस क्षेत्रका महिलाहरु नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना लागु भए पश्चात गाविसमा गठन भएका स्वास्थ्य आमा समुह मार्फत सक्रिय हुँदै समुहको बैठकमा स्वास्थ्य सम्बन्धी बिषयमा छलफलाई नियमितता दिन थालेका हुन ।
सहरतारा गाविसमा कार्यरत महिला स्वास्थ्य स्वयमसेविका च्यामा रोकाय भन्नुहुन्छ “पहिले त हामिलाई यस्ता विषयमा कुरा गर्न पनि लाज लाग्थ्यो, र सुन्ने मानिस पनि हुँदैनथे” उहाँ अगाडि थप्नुहुन्छ “तर आजभोलि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाको सामुदायिक स्वास्थ्य तथा सरसफाइ कार्यक्रम लागु भएपछि हाम्रो यो बानीमा परिवर्तन भएको छ ।”
यसैगरी नियमित रुपमा बैठक बसेर स्थानीय स्वास्थ्य समस्याका विषयमा कुरा गर्न थालेपछि आफुमा भएको रोग नलुकाइ उपचार गर्न आउनेको संख्यामा समेत बृद्धि भएको कुरा लावन स्वास्थ्य चौकीका अहेव भिम बहादुर केसी को अनुभव रहेको छ ।
स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने तथा नेपाल सरकारद्वारा उपलव्ध निःशुल्क स्वास्थ्य सेवा उपभोगमा जनतालाई सुसुचीत गराउने जस्तो महत्वपुर्ण काममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाले दिएको साथ प्रति खुसी व्यक्त गर्दै जिल्लाका अन्य गाविसमा समेत यस कार्यक्रम विस्तार गरिदिए अझ राम्रो हुने कुरा जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका प्रमुख दिपक कुमार झा बताउनुहुन्छ ।
Thursday, February 4, 2016
पूर्ण सरसफाइ सम्वन्धि तिन दिने तालिम सम्पन्न
डोल्पा/ भाद्र २ , नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पा को आयोजना तथा सिइएचपी नेपालगञ्जको आर्थिक सहयोगमा संचालित पूर्ण सरसफाइ सम्बन्धि तालिम ३ दिने एक औपचारीक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।
डोल्पा जिल्ला सदरमुकाम दुनै मा रहेको पला गेष्टहावस मा संचालित तालिममा कार्यक्रम संचालित रहेका गाविस रह,लावन,सहतारा गाविसमा रहेका निमावि विद्यालय एक एक जना शिक्षक, उपशाखा प्रतिनिधि,एलजिसिडिपी सामाजिक परिचालक, भि वास सीसी प्रतिनिधी डब्लु वास सीसी प्रतिनिधि तथा परियोजना संचालन मा कार्यरत कर्मचारि गरि २० जनाको संलग्नता रहेको थियो ।
रेडक्रसका विकासक्रम सघै मूल्य र मान्यता , सरसफाइको परिभाषा, सरसफाइको राष्टिय तथा अन्तराष्टिय अवस्था, हाल यहाको अवस्था, पूर्ण सरसफाइका सूचकहरु, अभियान विषयमा छलफल, हात धुनुपर्ने अवस्था र प्रक्रिया, फिल्ड अभ्यास, कार्ययोजना निर्माण सघै कार्यक्रम सम्पन्न गरिएको छ । समाबेश विषयबस्तुमा छलफलको सहजिकरण नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगञ्ज का कार्यक्रम अधिकृत भरत रिजाल, परियोजना अधिकृत सृजना नेपालले सहजिकरण गर्नु भएको थियो । समाबेश भएका विषय बस्तुमा गहन र खुल्ला रुपमा छलफल भएको, छलफलका विषय बस्तु जिवन उपयोगि रहेको र हामिले यस अभियानको सफलताकालागि सबै लागिपर्ने प्रतिबद्धता सहभागिको तर्फबाट नेपाल रेडक्रस सोसाइटी उपशाखा सहताराका सभापति तेजेन्द्रबहादुर बुढाले बताउनु भयो ।
सरसफाई सम्बन्धी अभियानलाई सघाउने हेतुले आयोजना गरिएको तालिम समय सान्दर्भिक र यस जिल्लाको अभियानलाइ अगाडि बढाउन सहयोगी हुने र आगामि दिनमा यस किशिमको तालिमको आयोजना गर्दै जानुपर्ने सहभागिहरुको भनाइ रहेको थियो । यस किशिमको तालिम ग्रामिण स्तरमा गर्न पहल गर्नु पर्ने जोड दिएका थिए ।
तालिमको समापन लगतै तयार गरिएको प्रमाण पत्र वितरण कार्यक्रममा कार्यक्रमका सभापति तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाका मन्त्री गोर्ख बुढा द्धवारा सुरु गरि सहभागि द्धवारा पालैपालो पमाणपत्र वितरण गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाका मन्त्री गोर्ख बुढाको सभापतित्व मा संचालित कार्यक्रमको संचालन जिल्ला कार्यक्रम संयोजक टेकम वली ले गर्नु भएको थियो ।
सामुदायिक स्वास्थ्य प्रवद्धन तालिम सम्पन्न
डोल्पा साउन ३१ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पा को आयोजना तथा सिइएचपी नेपालगञ्जको आर्थिक सहयोगमा संचालित सामुदायिक स्वास्थ्य प्रवद्धन तालिम ४दिने एक औपचारीक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।
डोल्पा जिल्ला सदरमुकाम दुनै मा रहेको पला गेष्टहावस मा संचालित तालिममा कार्यक्रम संचालित रहेका गाविस रह,लावन,सहतारा गाविसमा रहेका निमावि विद्यालयमा गठित जूनिएर रेडक्रस सर्कलका शिक्षक नायकहरु, उपशाखा प्रतिनिधि,तथा परियोजना संचालन मा कार्यरत कर्मचारि गरि १० जनाको संलग्नता रहेको थियो ।
रेडक्रसका विकासक्रम सघै मूल्य र मान्यता , यौन र यौनिकता , प्रजनन् स्वास्थ्य , किशोर र किशारिको प्रजनन स्वास्थ्य, पाठेघर खस्ने,यौन रोग,एच आइ भि र एडस,नसर्ने रोगहरु,पोषण, जूनियर तथा यूवा रेडक्रस, साथि शिक्षा र दौतरी दवाफ लगाएतका बिषयबस्तुमा छलफल भएको थियो । समाबेश विषयबस्तुमा छलफलको सहजिकरण नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगञ्ज का कार्यक्रम अधिकृत भरत रिजाल, परियोजना अधिकृत सृजना नेपालले सहजिकरण गर्नु भएको थियो । समाबेश भएका विषय बस्तुमा गहन र खुल्ला रुपमा छलफल भएको, छलफलका विषय बस्तु जिवन उपयोगि रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा सहताराका सभापति तेजेन्द्रबहादुर बुढाले बताउनु भयो ।
तलिमको समापन सत्रमा सहभागिको तर्फबाट बोल्दै जिवन उपयोगि सामुदायिक स्वास्थ्य प्रवद्धन तालिमलाई प्रभावकारी गराउदै विभिन्न विद्यालय तथा गाँउ गाँउ सम्म लैजान नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा डोल्पालाई अनुरोधका साथै तालिममा सल्ला सुझाब प्रदान शुभकामना निमावि रहका शिक्षक नायक शिव प्रशाद बास्तोला ले बताउनु भयो । समापन मन्तब्य दिने बक्ताहरुमा प्रशिक्षक भरत रिजाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाका मन्त्री गोर्ख बहादुर बुढाले मन्तब्य दिनु भएको थियो ।
सामुदायिक खानेपानी , स्वास्थ्य सरसफाइ तथा स्वच्छता कार्यक्रम ब्यवस्थापन उप समिति संयोजक तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाका का.भा सभापति लालिमान बुढाको सभापतित्व मा संचालित कार्यक्रमको संचालन जिल्ला कार्यक्रम संयोजक टेकम वली ले गर्नु भएको थियो ।
Subscribe to:
Posts (Atom)





